दफा ११
मध्यस्थलाई हटाउन सकिने
(१) मध्यस्थलाई हटाउने अवस्था र कार्यविधि सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम सम्झौतामा अवस्था र कार्यविधि उल्लेख नगरिएको भए देहायको कुनै अवस्थामा मध्यस्थलाई हटाई पाउँ भनी कुनै पक्षले मध्यस्थ नियुक्त भएको वा निजको काम कारबाही यस उपदफा बमोजिम नभएको थाहा पाएको मितिले पन्ध्र दिनभित्र मध्यस्थ समक्ष निवेदन दिन सक्नेछः –
(क) कुनै मध्यस्थले निष्पक्ष रुपले काम नगरी कुनै पक्षप्रति झुकाव राखेको वा पक्षपात गरेको स्पष्ट देखिएमा,
(ख) कुनै मध्यस्थले मध्यस्थताको कारबाहीमा अनुचित आचरण वा जालसाज गरेमा,
(ग) कुनै मध्यस्थले मध्यस्थता सम्बन्धी कारबाहीमा बराबर त्रुटि वा अनियमितता गरेमा,
(घ) कुनै मध्यस्थले मध्यस्थताको काम कारबाही अनुचित रुपमा लम्ब्याउने वा ढिलाई गर्ने उद्देश्यले मनासिब माफिकको कारण नदेखाई तीन पटक भन्दा बढी मध्यस्थको बैठकमा उपस्थित नभएमा वा बैठकको काम कारबाहीमा भाग लिन इन्कार गरेमा,
(ङ) कुनै मध्यस्थले प्राकृतिक न्यायको सिद्धान्त वा नियमको प्रतिकूल हुने कार्य गरेमा, वा
(च) कुनै मध्यस्थको योग्यता नपुगेको भएमा वा योग्यता नरहेमा ।
(३) उपदफा (२) बमोजिम निवेदन पर्न आएमा हटाउन माग गरिएको मध्यस्थले स्वेच्छाले पद त्याग नगरेमा वा हटाउन माग गरेका आधार उपर अर्को पक्ष सहमत नभएमा मध्यस्थले सो सम्बन्धमा निवेदन परेको तीस दिनभित्र निर्णय गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको निर्णय उपर उच्च अदालतमा उजुर लाग्नेछ र सो अदालतले गरेको आदेश अन्तिम हुनेछ ।